समाचार
मर्चवारी गाउँपालिका को संक्षिप्त परिचय
- राज्यको पुर्नसंरचनासँगै नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संक्षिप्त वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साबिकका ४ वटा गाउँ बिकास समितिहरू सिलवटिया,रायपुर,सेमरा र बगोलीलाई मिलाएर बनाइएको यस गाउँपालिकाको नामाकरण साबिकको बोगडी गा.बि.स मा अवस्थित मर्चवारीमाई भगवतिको मन्दिरबाट रहन गएको हो ।मर्चवारी गाउँपालिका, रूपन्देही जिल्लाको दक्षिणि भेगमा अबस्थित रहेको छ। कुल क्षेत्रफल ४८.६ बर्ग किलोमिटर रहेको यस गा.पा को पुर्वमा छिमेकि राष्ट्र भारत, पश्चिममा सम्मरीमाई गाउँपालिका, उत्तरमा कोटहिमाई गाउँपालिका र दक्षिणमा छिमेकि राष्ट्र भारत अवस्थित छन् ।यस गा. पा. को कुल जनसंख्या ३८७८३ (पुरूष - २००४५, महिला - १८७३८) रहेको छ जसमध्ये यस गाउँपालिकामा अधिकांश मधेशी समुदाय बसोबास गर्दछन् । प्राकृतिक सम्पदा ,धार्मिक बिबिधता तथा राजनैतिक रूपले परिचित यस गाउँपालिकाका अधिकांश मानिस कृषि तथा बैदेशिक रोजगार पेशामा संलग्न रहेका छन् ।